काठमाडौं । नियमित महाधिवेशन नहुने संकेत देखिएपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ।
यसअघि असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै २४ सय ८८ को हस्ताक्षरसहित बुझाएकाहरुले पार्टी केन्द्रीय कार्यालयमा पुगेर स्मरण पत्र बुझाएका हुन्। त्यसपछि पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको थियो ।
तर त्यो छाँटकाँट नदेखिएपछि विशेष महाधिवेशन पक्षधरहरुले आज फेरि स्मरण पत्र बुझाएका हुन् ।





























प्रतिक्रिया