बीपीएलः सन्दीपकाे पहिलाे खेलमै उत्कृष्ट प्रदर्शन, राजशाही विजयी

बीपीएलः सन्दीपकाे पहिलाे खेलमै उत्कृष्ट प्रदर्शन, राजशाही विजयी

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को नयाँ सिजनको पहिलो खेलमा राजशाही वारियर्सले सानदार जित दर्ता गरेको छ । घरेलु टोली सिल्हेट स्ट्राइकर्सलाई ८ विकेटले पराजित गर्दै राजशाहीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

सिल्हेटले दिएको १९१ रनको चुनौतीपूर्ण लक्ष्यलाई राजशाही वारियर्सले १९.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। राजशाहीको जितमा कप्तान नजमुल हुसेन शान्तो नायक बने । उनले मात्र ६० बलमा अविजित १०१ रनको विष्फोटक शतकीय इनिङ खेले। उनलाई अनुभवी ब्याटर मुसफिकर रहिमले बलियो साथ दिए, जसले ३१ बलमा ५१ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिल्हेट स्ट्राइकर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९० रन बनाएको थियो। सिल्हेटका लागि परवेज हुसेन इमोनले ३३ बलमा ६५ रनको विष्फोटक इनिङ खेले पनि टोलीको हार टार्न सकेनन्।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो नयाँ टोली राजशाही वारियर्सका लागि पहिलाे खेलमै उत्कृष्ट प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा ३८ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। सन्दीपले सिल्हेटका सेट ब्याटर रोनी तालुकदार र हजरतुल्लाह जाजाईलाई आउट गर्दै टोलीलाई सफलता दिलाएका थिए।

Skip This
Skip This
Logo