इराकमा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने सरकारको निर्णय

इराकमा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने सरकारको निर्णय

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सरकारले इराकमा कार्यरत नेपाली श्रमिकलाई अभिलेखीकरण गर्दै श्रम स्वीकृति दिने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आवासीय कार्ड भएका नेपालीले नेपाल आएर आवेदन दिएमा श्रम स्वीकृति पाउने व्यवस्था गरेको हो।

सरकारको निर्णयपछि इराकमा रहेका करिब ३० हजार नेपालीलाई नेपाल आउजाऊ गर्न कानुनी बाटो खुलेको गैरआवासीय नेपाली संघ (इराक) ले जनाएको छ। सुरक्षा कारण देखाउँदै २०६१ सालदेखि इराकमा रोजगारीमा प्रतिबन्ध लगाइए पनि नेपालीहरू विभिन्न क्षेत्र र क्याम्पमा कार्यरत थिए।

यसअघि पनि सरकारले अमेरिकी दबाबपछि हजारौँ नेपालीलाई इराकमा वैध हैसियत दिएको थियो। पछिल्ला वर्षहरूमा प्रतिबन्ध फुकुवाको माग तीव्र बनेपछि सरकारले पुनः अभिलेखीकरणको बाटो खोलेको हो।

Skip This
Skip This
Logo