वार्षिक १० अर्ब नाघ्यो नेपाली चिया कारोबार, निर्यात अझै भारतमै केन्द्रित

वार्षिक १० अर्ब नाघ्यो नेपाली चिया कारोबार, निर्यात अझै भारतमै केन्द्रित

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । नेपालमा चिया उद्योग वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने अवस्थामा पुगेको छ। ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्दै गएको चिया क्षेत्रले रोजगारी र वैदेशिक मुद्रा आर्जनमा उल्लेख्य योगदान दिँदै आए पनि निर्यात भने अझै ठूलो मात्रामा भारतमै निर्भर छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक चिया क्षेत्रमा संलग्न छन्। उत्पादन, निर्यात मूल्य वृद्धि र आयात घटेका कारण चिया व्यापार लगातार नाफामूलक बन्दै गएको छ। पछिल्लो आर्थिक वर्षमा मात्रै चिया निर्यात ४ अर्ब ५९ करोड रुपैयाँ नाघ्दा आयात ९ करोड रुपैयाँमा सीमित भएको छ।

तर प्रशोधन, प्याकेजिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ कमजोर हुँदा नेपाली चियाको वास्तविक मूल्य अभिवृद्धि नेपालमै हुन नसकेको विज्ञहरूको भनाइ छ। ‘नेप्लिज टी’लाई विश्व बजारमा स्थापित गर्न सके चिया निर्यात १५–२० अर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

Skip This
Skip This
Logo