गोरु संरक्षणमा विहादीको पहल, ४७ किसानलाई जनही १० हजार

गोरु संरक्षणमा विहादीको पहल, ४७ किसानलाई जनही १० हजार

केन्द्रबिन्दु
18
Shares

पर्वत। जल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही रु १० हजार प्रदान गरिएको छ ।

यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सहिने भएकले उनीहरूलाई अनुदान दिइएको विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले जानकारी दिए ।

ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा, लिड्को प्रयोग गरेर खेती गर्दै आएका छन् । छ वडाको विहादीमा वडा नं १ बाच्छाका सात जना, वडा नंं २ बर्राचौरका १३ जना, वडा नंं ३ रानीपानीका छ जना, वडा नंं ४ वहाकीका एक जना, वडा नंं ५ उरामपोखराका १२ जना र वडा नंं ६ शालिग्रामका सात जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो ।

यसअघि विहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई रु १० हजार अनुदान, स्थानीय जातका गाई पाल्ने कृषकलाई सुत्केरी भत्ता तथा प्रोत्साहन रकम प्रदान गरेको थियो । यसैगरी, व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी रु २० हजार का दरले अनुदान दिइएको छ ।

Skip This
Skip This
Logo