काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान)को नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सर्वसम्मत बनाउन दबाब दिँदै अध्यक्षका आकांक्षी रामेश्वर अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
अर्यालले संगठनभित्र एकताको सन्देश दिन र आन्तरिक प्रतिस्पर्धाभन्दा सहमतिलाई प्राथमिकता दिनुपर्ने भन्दै आफ्नो दाबेदारी त्यागेको घोषणा गरेका हुन्।
अर्याल हिसानका पूर्वकोषाध्यक्ष हुन् र लामो समयदेखि संस्थामा सक्रिय छन् । उनी काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमएसी) बागबजारका अध्यक्ष हुन् । केएमएसीको पुरानो र प्रतिष्ठित माध्यमिक विद्यालयहरू मध्ये एक हो, जसले विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा र सर्वांगीण विकासमा जोड दिँदै आएको छ । अर्यालको नेतृत्वमा स्कुलले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।





























प्रतिक्रिया