हिसान महाधिवेशनः अध्यक्षका आकांक्षी नवराज पाण्डेले पनि फिर्ता लिए उम्मेदवारी

हिसान महाधिवेशनः अध्यक्षका आकांक्षी नवराज पाण्डेले पनि फिर्ता लिए उम्मेदवारी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को जारी नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका आकांक्षी नवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । काठमाडौंको पार्क भिलेज रिसोर्टमा जारी महाधिवेशनमा सहमति र एकताको सन्देश दिन भन्दै उनले आफ्नो दाबेदारी त्यागेका हुन् ।

नोबल कलेज सिनामंगलका सञ्चालक समेत रहेका पाण्डेले संस्थाको वृहत्तर हित र आन्तरिक एकता कायम राख्नका लागि आफूले अध्यक्ष पदको दौडबाट बाहिरिने निर्णय गरेको बताएका छन्। पाण्डेको फिर्तासँगै अब अध्यक्ष पदका लागि वर्तमान महासचिव लोकबहादुर भण्डारी र वरिष्ठ उपाध्यक्ष युवराज शर्माबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

पाण्डे नोबल कलेजका संचालक हुन् । नोबल कलेज स्वास्थ्य विज्ञान र व्यवस्थापनमा विशेषज्ञता भएको प्रतिष्ठित संस्था हो, जसले नर्सिङ, पब्लिक हेल्थ र अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पाण्डेको नेतृत्वमा कलेजले स्वास्थ्य शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ ।

Skip This
Skip This
Logo