रवि–बालेन सम्झौतामा आखिर किन अटाएनन् कुलमान ?

रवि–बालेन सम्झौतामा आखिर किन अटाएनन् कुलमान ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच बहुप्रतीक्षित भनिएको एकता प्रयास अन्ततः सत्ता बाँडफाँडमै अड्किएर भनेजती सहमती हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीबीच भएको संवादमा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह र वरिष्ठ नेतामा कुलमान घिसिङ रहने प्रस्ताव उज्यालो नेपाल पार्टीले अस्वीकार गरेपछि रवि बालेन र कुलमान सँगको त्रिपक्षिय एकता हुन सकेन । यद्दपी रवि र बालेन बिच भने सात बुँदे सहमति सँगै एकता भएको छ ।

उज्यालो नेपाल पार्टीका अनुसार रास्वपाले प्रस्तुत गरेको प्रस्ताव ‘विन–विन’ भन्दा पनि ‘सबै शक्ति एकातिर’ केन्द्रित थियो। पार्टीको नाम, चुनाव चिन्ह, संगठनात्मक नियन्त्रणदेखि कार्यकारी नेतृत्वसम्म सबै रास्वपाकै रहने प्रस्तावले सहकार्य होइन, अवमूल्यनको सन्देश दिएको निष्कर्ष उज्यालो पार्टीले निकालेको छ ।

बौद्धको होटलमा पाँच घण्टा चलेको बैठक

शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बौद्धस्थित एक होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय बैठक बसेको थियो। बैठकमा पार्टी संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले रास्वपाबाट आएको प्रस्तावबारे विस्तृत ब्रिफिङ गरेका थिए।

बैठकपछि एक उज्यालो पार्टीका एक केन्द्रीय सदस्यले भने, “मिल्ने भनेपछि कसैको अस्तित्व नै सकिने होइन। सबैलाई शक्ति भनेर स्वीकार गरिनुपर्छ । तर प्रस्ताव त्यस्तो आएन ।” ‘प्रधानमन्त्री पनि उतै, सभापति पनि उतै, हामीलाई के?’

उज्यालो नेपाल पार्टीले सभापति र भावी प्रधानमन्त्री दुवै पहिल्यै तय गरेर मिलौँ भन्नु सामूहिक न्यायको भावना विपरीत भएको निष्कर्ष निकालेर एकता बाट बाहिरिएको सो पार्टीले जनाएको छ । पार्टीको नाम,पार्टी सभापति,चुनाव चिन्ह,भावी प्रधानमन्त्री,सवै रास्वपा र बालेनमा निहित हुने भएपछी एकता बाट बाहिरिनुपरेको उज्यालो पार्टीका एक केन्द्रीय सदस्यले अँध्यारो मुद्रामा बताए ।

पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ र चुनाव चिन्ह ‘चिम’ रहने हो भने आफूहरू सभापति र प्रधानमन्त्री दुवै पद छोड्न उज्यालो नेपाल सहमत भएको थियो । तयार तर त्यसका लागि सहअस्तित्व स्वीकार नभएपछी बाहिरिएको निष्कर्ष उज्यालो पार्टीको रहेको छ ।

दुई अध्यक्षको प्रस्ताव पनि टेबलमा

तीन वटा वैकल्पिक शक्ति एक ठाउँमा आउँदा दुई अध्यक्ष बनाएर पनि जान सकिने प्रस्ताव उज्यालो पार्टीले अघि सारेको थियो । तर तीन शक्ति विचमा कसैलाई पेलेर नभई लचिलो भएर जान चाहेपनि सहमती हुन नसकेको अर्का एक केन्द्रीय सदस्यको भनाई छ ।

शक्ति बाँडफाँडमै मूल समस्या

उज्यालो पार्टीका अनुसार वास्तविक समस्या रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच पावर सेयरिङमै देखिएको हो। रास्वपाको रणनीति बालेन र रास्वपा मिलेपछि उज्यालो पार्टी आफैँ पछि लागेर आउँछ भन्ने बुझाइ रहेको उनीहरूको आरोप छ । “बालेनज्यूलाई प्रधानमन्त्री बाहेक अरू कुरामा खासै चासो देखिएन । अनि एक जना सभापति, अर्को प्रधानमन्त्री, हामीलाई चाहिँ के?” एक सदस्यको टिप्पणी छ ।

खुला संवादको बन्द सर्मपण

यद्यपि उज्यालो नेपाल पार्टीले एकताको ढोका बन्द नगरेको स्पष्ट पारेको छ । प्याकेजमा सहमति हुनुपर्ने र रास्वपाको प्रस्तावमा पुनर्विचार आवश्यक रहेको निष्कर्षसहित बाँकी संवादको जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ । सो पार्टी निर्णयमा भनिएको छ- “सबैको सहअस्तित्व स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको छ र आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्दछ।”

जेन–जी एजेन्डामा सहमति, सत्तामा असहमति

तीन वटै शक्तिका नेताहरू जेन–जी आन्दोलनबाट उठेका सुशासन, पुस्तान्तरण र भ्रष्टाचारविरुद्धका एजेन्डामा सहमत देखिए पनि सत्ताको संरचना र नेतृत्व मोडलमै कुरा नमिलेको हो। उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंह भन्छन्,
“जेन–जी आन्दोलनले यो परिस्थिति जन्माएको हो। हामीलाई सुशासन र पुस्तान्तरणको म्यान्डेट छ । तर वैकल्पिक शक्ति नमिली यी एजेन्डा पूरा हुँदैन।” लचकताका साथ सहमतिमा आए उज्यालो पार्टी जुनसुकै बेला एकतामा आउने उनको भनाई छ ।

Skip This
Skip This
Logo