काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको ७ बुँदे सहमतिअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् ।
आइतबार बिहान भएको सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन् ।’
त्यसका लागि मेयर शाहले माघ ६ गतेभित्र काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिनुपर्नेछ । संसद्को उम्मेदवार बन्नका लागि उनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि उनले ६ गते नै वा त्योभन्दा अघि राजीनामा दिइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
महानगरको मेयरबाट उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरको नेतृत्व लिनेछिन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताअगाडि स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधि हो भने राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहनेछ ।































प्रतिक्रिया