च्यासलमा एमालेको सचिवालय बैठक जारी

च्यासलमा एमालेको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ११औँ महाधिवेशनपछि पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक बसेको छ । केही बेरअघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।

बैठकमा समानुपातिक उम्मेदवारको बारेमा छलफल हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नु पर्नेछ। साथै, एघारौँ महाधिवेशनपछि नेताहरूको कार्य विभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo