कांग्रेस सूची तय गर्ने अन्तिम घडीमा शक्ति संघर्ष, संस्थापनले अघि सार्‍यो ६०–४० भागबन्डा

कांग्रेस सूची तय गर्ने अन्तिम घडीमा शक्ति संघर्ष, संस्थापनले अघि सार्‍यो ६०–४० भागबन्डा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं। नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवार तय गर्ने प्रक्रियामा आन्तरिक शक्ति–सन्तुलनको खेल तीव्र बनेको छ। पार्टी संस्थापन पक्षले उम्मेदवार सूची बनाउँदा ६०–४० को भागबन्डा गर्ने प्रस्ताव अघि सारेको छ ।

यस प्रस्तावअनुसार सभापति शेरबहादुर देउवा पक्षबाट ६० प्रतिशत र गगन थापा तथा शेखर कोइराला समूहबाट ४० प्रतिशत उम्मेदवार समेटिने छन्। यद्यपि, संस्थापन पक्षको यो प्रस्तावलाई महामन्त्री गगन थापासहितका नेताहरूले अझै औपचारिक रूपमा स्वीकार गरिसकेका छैनन्। उनी निकट एक केन्द्रीय सदस्यका अनुसार सूचीबारे अन्तिम सहमति बन्न बाँकी छ ।

कांग्रेसमा विगतदेखि नै समानुपातिक उम्मेदवार चयनमा यस्तै भागबन्डाको अभ्यास रहँदै आएको छ। सोमबार समानुपातिक उम्मेदवारी दर्ताको अन्तिम दिन नजिकिँदै जाँदा दलहरू निर्णायक गृहकार्यमा जुटेका छन्।

कांग्रेसले ११० जनाको सूची क्लस्टर मिलाएर पेस गर्नुपर्ने छ । यसपटक विगतमा समानुपातिक सांसद भइसकेकालाई दोहो¥याएर नदिने नीति लिइएको छ ।

Skip This
Skip This
Logo