जेन–जी आन्दोलन प्रकरणः आयोगमा सकियो पूर्वगृहमन्त्री रमेश लेखकको बयान

जेन–जी आन्दोलन प्रकरणः आयोगमा सकियो पूर्वगृहमन्त्री रमेश लेखकको बयान

केन्द्रबिन्दु
45
Shares

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिसम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको छ ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लेखक आज मध्याह्न करिब १२ः३० बजे सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका थिए । करिब साढे दुई घण्टा लामो बयानपछि उनी करिब ३ बजे आयोगबाट बाहिरिएका हुन्।

आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन निर्देशन दिएको थियो। तर उनी एक दिन ढिला गरी आज आयोगमा बयान दिन पुगेका हुन्।

लेखकले आजै पत्रकार सम्मेलन गरेर जेन–जी आन्दोलन र त्यस क्रममा राज्य संयन्त्रले खेलेको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।

उक्त घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

Skip This
Skip This
Logo