रास्वपाको ‘प्राइमरी इलेक्सन’: रमेश प्रसाईंले पाए १८ हजार मत, अन्य क्लस्टरका कसले कति ?

रास्वपाको ‘प्राइमरी इलेक्सन’: रमेश प्रसाईंले पाए १८ हजार मत, अन्य क्लस्टरका कसले कति ?

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सामानूपातिकतर्फका उम्मेदवार छनोटमा भएको ‘प्राइमरी इलेक्सन’को परिणाम सार्वजनिक भएको छ ।

समानुपातिकका ६ वटा क्लस्टरहरूमा खस आर्यतर्फ रमेश प्रसाईं आदिवासी जनजातितर्फ उत्तम बहादुर गुरुङ, मधेशीतर्फ पुनम कुमारी अग्रवाल, दलितबाट विजय जैरु, मुस्लिमबाट समिना मिया, थारुबाट प्रेमलाल चौधरी सर्वाधिक मतका साथ पहिलो नम्बरमा परेका छन्।

रास्वपाको प्रारम्भिक मत परिणाममा समानुपातिकबाट रमेश प्रसाईंले १८ हजार २२३ सर्वाधिक मत प्राप्त गरेका छन्। प्रसाईंले खसआर्य तर्फबाट समानुपातिकमा उम्मेद्वारी दिएका थिए।

आदिवासी जनजाति तर्फबाट समानुपातिकमा उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा परेका छन्। रास्वपाको प्रारम्भिक निर्वाचनको मतपरिणाममा गुरुङले १६ हजार १२ मत प्राप्त गरेका हुन्। त्यसैगरी मधेशी तर्फबाट पुनम कुमारी अग्रवालले १५ हजार ७४५ मत प्राप्त गरेकी छन्।

दलित तर्फबाट विजय जैरुले १३ हजार १४३ मत प्राप्त गरेका छन्।

समिना मियाले मुस्लिम क्लस्टरबाट रास्वपाको प्रारम्भिक निर्वाचनमा १५ हजार ९६७ मत प्राप्त गरेकि छन्। थारु क्लस्टरबाट प्रेमलाल चौधरीले १७ हजार ४२५ मत प्राप्त गरेर पहिलो नम्बरमा रहेका छन्।

Skip This
Skip This
Logo