देशभर सिण्डिकेट हटाउन सरकारले चाल्यो अर्को कडा कदम

देशभर सिण्डिकेट हटाउन सरकारले चाल्यो अर्को कडा कदम

केन्द्रबिन्दु
0
Shares

अरनिको राजमार्गमा सिण्डिकेट तोडेको सरकारले देशभर सिण्डिकेट तोड्न अर्को कडा कदम चालेको छ । यातायात व्यवस्था विभागले देशभरका सडकमा सिण्डिकेट तोड्न नयाँ रुट परमिट खोल्ने निर्णय गरेको हो ।

विभागले नयाँ सवारीलाई परमिट दिन देशभरका यातायात कार्यालयहरुलाई परिपत्र गरेको छ । यातायात व्यवस्था ऐन अनुसार खुला प्रतिस्पर्धाका आधारमा परमिट दिन लागिएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिए ।

काठमाडौं-बनेपा रुटमा मयुर यातायातलाई इजाजत दिएपछि त्यहाँका ब्यबसायीले बिरोधस्वरूप आन्दोलन गरेका थिए । त्यहाँका ११ वटा समितिले सवारी नचलाई आन्दोलन गरेपछि सरकारले अरु ब्यबसायीलाई पनि इजाजत दिएको थियो । सरकारलाई झुकाउन गरेको आन्दोलनले आफुहरु थप मर्कामा पर्ने देखिएपछि ब्यबसायीले आन्दोलन फिर्ता लिएका थिए ।

Skip This
Skip This
Logo