भारतीय ब्यबसायीलाई ओलीको आग्रह- ‘लगानीका लागि नेपाल भर्जिनल्यान्ड’

भारतीय ब्यबसायीलाई ओलीको आग्रह- ‘लगानीका लागि नेपाल भर्जिनल्यान्ड’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी व्यवसायी र नेपाली ब्यबसायीबीचको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर नेपालमा लगानी गर्न भारतीय ब्यबसायीहरुलाई अनुरोध गरेका छन् । ओलीले लगानीका लागि नेपाल ‘भर्जिनल्यान्ड’ भएको बताएका छन्।

‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानी गर्नुस् ।’ प्रधानमन्त्री ओलीले भने ।उनले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् । नेपालले उदार अर्थतन्त्रको नीति लिएको भन्दै ओलीले सरकारले वैदेशिक लगानीको संरक्षण गर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपालमा लगानीका लागि सुरक्षा रहेको बताएका थिए । 

‘नेपाल सम्वृद्धिको मार्गमा अघि बढिसकेको छ। अहिले लगानी गर्नु भएन भने पछुताउनु पर्नेछ’, भारतीय उद्योगीलाई लगानीप्रति आश्वस्त पार्दै उनले भने। करिब दुई घन्टा भएसम्म चलेको अन्तरक्रियामा भारतीय उद्योगीहरुले नेपालको कर्मचारीतन्त्र र कर प्रणालीबारे जिज्ञासा राखेका थिए।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न चाहनेहरुलाई राष्ट्रियताको आधारमा कुनै किसिमको विभेद नगरिने स्पष्ट पारे।

Skip This
Skip This
Logo