काठमाडौं । नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्डको रुपमा स्थापित ग्यारोले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘चार्ज गर मुस्कान भर’ अभियानको माध्यमबाट डीटी ५३ मोडल खरिद गर्दा उपभोक्ताले किफायती, सहज र आकर्षक सुविधा पाउने जानकारी दिएको छ ।
ग्यारो डीटी ५३ हाल नेपालमा उपलब्ध सबैभन्दा उच्च रेन्ज भएको इलेक्ट्रिक स्कुटर हो। कम्पनीका अनुसार, यस स्कुटरमा प्रयोग भएको अत्याधुनिक लिथियम–आयन ब्याट्री प्रविधिले दैनिक यात्रा र लामो दूरी दुवैका लागि सहजता, विश्वसनीयता र उच्च प्रदर्शन सुनिश्चित गर्दछ । एक पटक चार्ज गर्दा अधिकतम २५० किलोमिटर दूरी तय गर्न सकिने क्षमता भएको यस स्कुटरले विद्युतीय सवारी प्रयोगकर्तालाई लामो दूरीमा पनि सरल यात्रा अनुभव दिने लक्ष्य राखेको छ ।
अफरका मुख्य सुविधाभित्र नगद खरिदमा १५ हजार रुपैयाँ छुट गरेको छ । कुनै पनि ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन गर्ने, प्रत्येक खरिदमा निःशुल्क हेलमेट र विन्टर ज्याकेट प्रदान र आकर्षक फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ ।
ग्यारोका प्रवक्ताले भनेका छन्, “नयाँ वर्षमा चार्ज गर, मुस्कान भर अभियानमार्फत हामी ग्राहकलाई बचत, सन्तुष्टि र वातावरणमैत्री यात्राको अनुभव दिलाउन चाहन्छौं। यो अफर सीमित अवधिका लागि नेपालभरिका सबै आधिकारिक ग्यारो शोरुमहरूमा उपलब्ध छ ।”
कम्पनीले यस अभियानमार्फत ग्राहकलाई विद्युतीय स्कुटर खरिद अझै किफायती र सहज बनाउने उद्देश्य राखेको छ। अफर अन्तर्गत नगद खरिद वा एक्सचेन्ज सुविधा प्रयोग गरेमा ग्राहकले आर्थिक लाभसँगै हरेक खरिदमा अतिरिक्त उपहार पनि पाउनेछन्।
डीटी ५३ स्कुटरको प्रिमियम डिजाइन, उच्च क्षमता ब्याट्री र विस्तृत दूरी क्षमता ग्राहकको दैनिक यात्रा आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको दाबी छ। यस मोडलले नेपालमा विद्युतीय स्कुटर बजारमा प्रतिस्पर्धात्मक मूल्य र सुविधा प्रदान गर्दै उपभोक्ताको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।
ग्यारोका अनुसार, यस अभियानले नयाँ वर्षको अवसरमा ग्राहकलाई बचत, सुविधा र सकारात्मक यात्रा अनुभव मात्र उपलब्ध गराउने होइन, विद्युतीय सवारी साधनप्रतिको रुचि र प्रयोगलाई पनि बढाउने उद्देश्य राखेको छ ।





























प्रतिक्रिया