काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज छिमेकी देश भारतको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारी सहित भ्रमण टोली ५४ हुने भएको छ ।
नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान पौन नौ बजे भारत प्रस्थान गरेका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत छन् ।





























प्रतिक्रिया