प्राइमरीलाई कुल्चिँदै सूची बनाइयो : तोसिमा कार्की

प्राइमरीलाई कुल्चिँदै सूची बनाइयो : तोसिमा कार्की

केन्द्रबिन्दु
75
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टीभित्र गरिएको प्राइमरी इलेक्सनको प्रक्रियामाथि प्रश्न उठाएकी छन्। प्राथमिक निर्वाचनमा अगाडि आएका नेताहरू समानुपातिक सूचीमा पछाडि पारिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्।

डा. कार्कीले सचिवालय सदस्य र पदाधिकारीहरू सधैं फाइदाको स्थितिमा रहने गरेको टिप्पणी गर्दै यो अभ्यास पुराना दलभन्दा फरक नदेखिएको बताएकी छन्। उनले पार्टी नेतृत्व तहका व्यक्तिहरूले समानुपातिक सूचीभन्दा प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा पनि राखेकी छन्।

Skip This
Skip This
Logo