मधेश सरकार विस्तार, छ मन्त्री थपिएपछि मन्त्रिपरिषद् पूर्ण

मधेश सरकार विस्तार, छ मन्त्री थपिएपछि मन्त्रिपरिषद् पूर्ण

केन्द्रबिन्दु
60
Shares

जनकपुरधाम। मधेश प्रदेश सरकारलाई पूर्णता दिँदै आज पुनः मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक सरकार विस्तार गर्दै छ जना मन्त्री थपेका छन्।

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले मुख्यमन्त्री यादवको सिफारिसमा नयाँ मन्त्रीहरूलाई शपथ गराएका हुन्। आज नियुक्त भएका मन्त्रीहरूमा मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहा खेलकुद तथा समाजकल्याण मन्त्रालय र फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालयको मन्त्री नियुक्त भएका छन्। गत १९ मंसिरमा मुख्यमन्त्रीमा नियुक्त भएका यादव नेतृत्वको सरकारले चरणबद्ध रूपमा मन्त्रिपरिषद् विस्तार गर्दै आएको छ। आजको विस्तारसँगै मधेश प्रदेश सरकार संरचनात्मक रूपमा पूर्ण बनेको छ।

Skip This
Skip This
Logo