टचलेस हुने योजनामा आईफोन

टचलेस हुने योजनामा आईफोन

केन्द्रबिन्दु
0
Shares

आफ्नो प्रत्येक नयाँ मोडलको मोवाइल फोनमा नयाँ प्रविधिहरुलाई प्रयोग गर्दै प्रतिस्पर्धिहरुलाई चकित पार्दै आएको एप्पलले आफ्नो आगामी आईफोनको नयाँ मोडललाई टचलेस गर्ने योजना बनाईरहेको छ ।

एप्पलले आफ्नो आगामी आईफोनलाई टचलेस, जेस्चर कन्ट्रोल र कर्भ स्क्रिन भएको ल्याउने तयारी गरिरहेको छ । आफ्ना उत्पादनहरुलाई अलग पहिचान दिने सोचमा रहेको एप्पलले अहिले यही बिषयमा काम गरिरहेको जनाईएको छ । टेक्नो क्षेत्रका जानकारहरुका अनुसार एप्पलले तयार पार्न लागेको प्रोग्राम अनुसार प्रयोगकर्ताले स्क्रिनमा टच नगरी पहिला टच स्क्रिनमा गरेको जस्तो सबै किसिमका काम गर्ने प्रविधिमा काम गरिरहेको जनाएका छन् । यसमा प्रयोगकर्ताले स्क्रिनमा औंलालाई नजिक लैजादा नै मोवाइलले काम गर्न थाल्ने छ ।

एप्पलले पछिल्लो पटक गरेको खोजमा मानिसले कम्प्युटरसंगको कुराकानीलाई पनि बिशेष प्राथमिकतामा राखेको छ । आईफोनको पछिल्लो स्मार्टफोनमा थ्रिडी टच फिचरलाई पनि समावेश गरेको छ । यो प्रविधिमा मानिसले अलग अलग ढंगले छोएको आधारमा मोवाईलले रेस्पोन्स गर्ने किसिमको बनाएको थियो भने नयाँ जेस्चर टेक्नोलोजिमा स्क्रिनको अगाडी औंला लगेपछि सोही अनुसार मोवाइलले काम गर्ने गर्छ ।

आईफोनले सम्भवत आगामी नयाँ मोडलको सेटको डिस्प्लेमा पनि ब्यापक रुपमा परिवर्तन गर्ने सोचाई बनाएको छ । टेक्नोलोजीका जानकारहरुका अनुसार आईफोनको माथिल्लो र तल्लो भागवाट विचको भाग भित्र पसेको कर्भ आकारमा हुन सक्ने बताएका छन् । यो स्क्रिन अहिलेसम्म बजारमा आएका मोवाइल फोनको स्क्रिनको तुलनामा ब्यापक रुपमा फरक हुने छ ।

अहिले बजारमा आएको सामसुङको मोवाइल फोनको सेटको किनारामा घुमाउरो स्क्रिन रहेको छ । आईफोनका अधिकांश सेटहरुको स्क्रिन फ्याट किसिमका भएपनि पछिल्लो पटक बजारमा आएको आईफोन एक्सको ओलेड स्क्रिनको तल्लो भागलाई थोरै घुमाउरो बनाएर बजारमा ल्याएको थियो ।

टचलेस टेक्नोलोजी र कर्भ स्क्रिनको क्षेत्रमा काम गरिरहेको एप्पलले यो क्षेत्रमा सफलता पाएपछि मात्र यस्तो किसिमको मोवाइल सेटलाई बजारमा ल्याउने जानकारहरु बताउछन् । उनीहरुका अनुसार यो प्रविधिले यो बर्ष भन्दा पनि आगामी बर्षसम्ममा सफलता पाउने देखिन्छ ।

Logo