काठमाडौँ

एमालेले माओवादी केन्द्रसँगको एकता प्रस्तावमा छलफल गर्न केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ । "/>

एमालेले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एमालेले माओवादी केन्द्रसँगको एकता प्रस्तावमा छलफल गर्न केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी समिति बैठकले ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । दुवै पार्टीको एकता संयोजन समितिको बिहीबारको बैठकमा ९ वैशाख (२२ अप्रिल) मा पार्टी एकता घोषणा गर्ने प्रस्ताव गरिएको थियो । संयोजन समितिमा एकीकृत पार्टीको राजनीतिक र विधान सम्बन्धी प्रतिवेदन प्रस्तुत भइसकेकाले ९ वैशाखमा एकता घोषणासभा गर्ने समझदारी समेत भइसकेको छ ।

‘हामीले पार्टी एकताको महत्वपूर्ण ऐतिहासिक घटनाक्रम अघि बढिरहेका वेला केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएर छलफल गर्नु पर्ने बताउँदै आएका थियौँ,’ नेता सुरेन्द्र पाण्डेले भने, ‘बुधबारको बैठकले एकता प्रस्तावबारे छलफल गर्न बैठक बोलाएकाले सम्भवतः दुवै बैठकबाट एकता प्रस्ताव अनुमोदन हुन सक्छ ।’

स्थायी समिति बैठकमा अध्यक्ष ओलीले एकता सम्बन्धी प्रतिवेदन बनिसकेकाले ९ वैशाखमा पार्टी एकता हुन लागेको तथा केही प्राविधिक पक्ष मात्र मिलाउन बाँकी रहेको ‘ब्रिफिङ’ गरेका थिए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo