काठमाडौँ

नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम अघि बढाउने सिलसिलामा ललितपुरको खोकनाको मुआब्जाका सम्बन्धमा सम्बन्धित सरकारी निकाय, स्थानीय जनप्रतिनिधि र सरोकार भएका पक्षसँग विभिन्न चरणमा छलफल गरिरहेको छ । "/>

खोकनाको मुआब्जाका विषयमा छलफल शुरु

खोकनाको मुआब्जाका विषयमा छलफल शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम अघि बढाउने सिलसिलामा ललितपुरको खोकनाको मुआब्जाका सम्बन्धमा सम्बन्धित सरकारी निकाय, स्थानीय जनप्रतिनिधि र सरोकार भएका पक्षसँग विभिन्न चरणमा छलफल गरिरहेको छ । खोकनाको ऐतिहासिक स्थान कुदेश र श्रीपालीको मन्दिर लगायत पुरातात्विक महत्वका संरचना यथावत बचाइ राख्न तथा मुआब्जा विवादलाई सरलीकरण गरी कार्यसम्पादन गर्न सेनाले प्रयास गरिररहेको छ ।

सेनाले द्रुतमार्ग निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ पहिलो चरणमा गत साउन देखि मख्खुबेंसी, सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बागदेवमा सुरक्षा आधार शिविर स्थापना गरी काम गरिरहेको छ । अहिले उक्त मार्गका लागि माटो सबलीकरण, कटान, माटो भराइ र सडक ढाँचाको पुनः रुजु लगायत काम भइरहेको जनाएको छ ।

आयोजना तोकिएकै समयमा पूरा गर्ने लक्ष्यानुरुप हाल २० स्वदेशी निर्माण व्यवसायीलाई ठेक्का दिइएको जनाउँदै सेनाले अरु तीन निर्माण व्यवसायीलाई ठेक्का दिने काम प्रक्रियामा रहेको जनाएको छ । त्यस्तै पाँच निर्माण व्यवसायीसँग आवश्यक उपकरण उपलब्ध गराउने गरी सम्झौता भइसकेको छ । सेनाले द्रुतमार्गको मार्गाधिकार भित्र परेका रुख कटान र व्यवस्थापनलाई तीव्रता दिइरहेको छ ।

राजमार्ग निर्माण सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने सिलसिलामा आशयपत्रका लागि १५ दिन भित्र इच्छुक स्वदेशी तथा विदेशी कम्पनीसँग निवेदन माग गरिएको सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ । ७६ किलोमिटर लामो राष्ट्रिय गौरवको उक्त आयोजना चार वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको छ ।
रासस

Skip This
Skip This
Logo