अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न समिति गठन

अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न समिति गठन

केन्द्रबिन्दु
33
Shares

कााठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । १० दिनदेखि विभिन्न माग राख्दै अनशन बसेका भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन भएको हो ।

वार्ता टोलीमा ३ सदस्यसमेत रहेका छन् । सदस्यहरुमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।

बुधबार भुसालको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि वीर अस्पतालमा लगिएको छ । उनलाई गृहमन्त्री ओमप्रकाश अर्यालले पनि भेटेका छन् ।

Skip This
Skip This
Logo