काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवाद उन्मुख अर्थतन्त्रको विकासको लक्ष्य सहित पार्टी एकता हुने बताएका छन् । "/>

पार्टी एकतामा हतार गर्दैनौँ, ढिलो पनि हुँदैन : ओली

पार्टी एकतामा हतार गर्दैनौँ, ढिलो पनि हुँदैन : ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवाद उन्मुख अर्थतन्त्रको विकासको लक्ष्य सहित पार्टी एकता हुने बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न सोमबार पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमण अघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवाद बनाउन नपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले भने , “हामी हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ तर ढिलासुस्ती गर्ने पक्षमा पनि छैनौँ, यो प्रक्रियाबाटै हुन्छ ।” दुई दलबीच एकताका लागि कार्यदलले काम गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले अबको नेपालमा कोही गरिब र कोही धनी नहुने उल्लेख गर्दै स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गरी स्वदेशमा युवालाई रोजगारी दिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने , “अधिकतम उत्पादन, न्यायोचित वितरण र आर्थिक बचत तथा लाभतर्फको यात्रा शुरु हुनेछ । अबको तीन वर्षमा नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्नु पर्ने चुनौतीलाई पनि आत्मसात गरेर अघि बढिनेछ ।”
अन्नपूर्णबाट

Skip This
Skip This
Logo