काठमाडौं । गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्।
विगतमा गुण्डा नाइकेको ट्याग पाएका चक्रे मिलन पटकपटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । हाल उनलाई जेनजीको माग भन्दै एमालेले उम्मेदवार सिफारिस गरेको हो ।
चक्रे मिलन नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय छन् । उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन् ।































प्रतिक्रिया