काठमाडौँ

केन्द्रीय तथ्यांक विभागले पहिलोपटक राष्ट्रिय आर्थिक गणना देशै भर गर्ने भएको छ । "/>

पहिलोपटक देशै भर राष्ट्रिय आर्थिक गणना गरिँदै

पहिलोपटक देशै भर राष्ट्रिय आर्थिक गणना गरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

केन्द्रीय तथ्यांक विभागले पहिलोपटक राष्ट्रिय आर्थिक गणना देशै भर गर्ने भएको छ । आगामी वैशाख २ गते देखि शुरु गरिने गणना असार मसान्त सम्म व्यावसायिक प्रकृतिका आर्थिक तथ्यांक संकलन गरी करिब पाँच वर्ष भित्र विवरण संकलन, प्रशोधन, विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने विभागले जनाएको छ ।

प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ । विभागका महानिर्देशक सुमनराज अर्यालले मुलुकको समग्र आर्थिक क्रियाकलापको स्थितिको मूल्यांकन गरी आवश्यक नीति निर्माण गर्न सरकारलाई सूचना उपलब्ध गराउन गणना गर्न लागिएको जानकारी गराए । काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मुलुकमा कूल स्थिर सम्पत्तिमा भएको लगानी, वैदेशिक लगानीको अवस्था लगायतका बारे गणनापछि पर्याप्त जानकारी हुने हुँदा सरोकार पक्ष सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका संयोजक अनिल शर्मा, गणना अधिकृत रामबन्धु रेग्मी, जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिव सुन्दरराज वैद्य लगायतले उक्त गणनाबाट मुलुकमा लगानीको अवस्था, अर्थतन्त्रको वास्तविक आकार, आर्थिक एकाइको प्रकार, संरचना, रोजगारी लगायत विषयमा नयाँ रणनीति निर्माण गर्न सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय तह सम्म नै तथ्यमा आधारित रही देशभरका लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान लगायतको गणना गरिने सो कार्यक्रमबाट प्राप्त हुने परिणामका आधारमा बनाइने योजनाले देशको विकास र समृद्धिमा मद्दत गर्ने जनाइएको छ ।
रासस

Skip This
Skip This
Logo