काठमाडौं ।
अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा सहभागिता जनाउने सबै २४ टिमको टुंगो लागेको छ । बिहीबार राति भएको छनोटको प्लेअफबाट ४ टिमले युरोकपमा स्थान बनाएसँगै २४ टिमको टुंगो लागेको हो ।
युरोकपमा छनोट हुने अन्तिम चार टिममा स्कटल्याण्ड, स्लोभाकिया, हंगेरी र नर्थ म्यासेडोनिया रह्यो ।
कोरोना भाइरसको महामारीको कारण एक वर्षपछि सरेको युरोकप २०२१ को जुन ११ बाट जुलाई ११ सम्म हुनेछ । युरोकप युरोपको विभिन्न देशको १२ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका १२ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यस अघि युरोकप सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुने तय थियो । तर, कोरोनाले युरोपको अधिकांश राष्ट्रमा महामारीको रुप लिएपछि प्रतियोगिता सारिएको हो ।
यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डुब्लीन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।
युरोकपको उदघाटन खेलमा टर्की र इटाली भिड्ने छन् । जुन ११ मा हुने उदघाटन खेल इटालीको रोममा हुनेछ ।
कुन समूहमा कुन टिम ?
समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह सी –नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी –इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ई –स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी































प्रतिक्रिया