महामन्त्रीद्वय गगन र विश्वप्रकाशले विशेष महाधिवेशनबारे कानुनविद्सँग लिए परामर्श

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले विशेष महाधिवेशनबारे कानुनविद्सँग लिए परामर्श

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे कानुनविद्सँग परामर्श लिएका छन् ।

परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका छन् । निर्वाचन अगाडि महाधिवेशन गरेर नयाँ उर्जा, नीति, संकल्पसहित निर्वाचनमा जानुपर्ने पर्छ भन्ने विषय राजनीतिक विषय भएकाले आफूहरू निरन्तर प्रयत्नमा रहेको महामन्त्रीद्वयको भनाइ थियो ।

विधानबमोजिम बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेपछि केन्द्रले विशेष महाधिवेशन बोलाउनै पर्नेमा कानुनविद्हरू एकमत देखिएका थिए । उनीहरूले महाधिवेशन प्रतिनिधिको बहुमतले मागेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कांग्रेसमा कसैलाई नभएको बताएका थिए । विधानको धारा १७(२) आफैंमा केन्द्रीय महाधिवेशनको कार्यविधि भएको र निवेदनकर्ताले खुलाएको कारण र एजेन्डा नै विशेष महाधिवेशनका एजेन्डा हुने उनीहरूको तर्क थियो ।

Skip This
Skip This
Logo