प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक हिंसा भड्काई नेपाललाई अशान्त बनाउने प्रयास भईरहेको भन्दै त्यसप्रति सर्तक र सचेत हुन स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघको सनिबार राजधानीमा सुरु राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको अहित हुने गरि सामाजिक सद्भाव भड्काउने काम भईरहेको भन्दै सबैलाई सचेत र सर्तक रहन निर्देशन दिनुभएको हो ।
उहाँले निकै ठुलो संघर्ष पछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सम्वृद्धि तर्फ पाईला चालेका समयमा नेपाल र नेपालीलाई विभाजित गर्ने षडयन्त्र नेपाललाई सैह्य नहुने चेतावनी पनि दिनुभयो ।































प्रतिक्रिया