बालिकालाई अपहरण गरेर भाग्दै गर्दा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।ती युवकको कुस्मा नगरपालिका वडा नम्बर–४, चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । कुश्मा–४, चाक्लेडिलनजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुहानी परियारलाई एक अपरिचित व्यक्तिले लैजाँदै गर्दा स्थानीयवासीले देखेर हारगुहार गरेपछि भाग्नेक्रममा ती युवक भीरबाट खसेका बताइएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।





























प्रतिक्रिया