प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नेपाल पक्षलाई खुसी पार्नका लागि भारतले केही नयाँ र आकर्षक योजनाहरु घोषणा गर्ने तयारी गरेको छ ।
केही वर्षयता पुराना परियोजना कार्यान्वयनमा मात्र उच्च स्तरीय भ्रमणहरु केन्द्रित हुने गरेका छन् । तर ओलीलाई उच्च सम्मान दिएको सन्देश दिनका लागि केही नयाँ परियोजनाहरु घोषणा गर्ने भारतले तयारी गरेको वुझिएको छ ।
विशेषत ओली चीनतिर ढल्कने हुन् कि भन्ने चिन्ता दिल्लीलाई रहेको छ । त्यसैले पनि ओलीलाई उच्च सम्मानदिने तथा नयाँ परियोजनाहरु घोषणा गर्ने तयारीमा भारत रहेको छ । स्रोतकाअनुसार भारतले यसपटकको ओलीको भ्रमणको क्रममा केही गिफ्ट प्रोजेक्टको घोषणा गर्ने तयारी गरेको छ ।
छलफलमा रहेका नयाँ परियोजनाहरु यस प्रकार छन्
- विशेष आर्थिक क्षेत्र स्थापना गर्ने
- निजगढमा स्थापना हुने अन्तराष्ट्रिय विमानस्थलमा भारतले सहयोग गर्ने विषय
- महाकाली नदीमा मोटर चल्ने पुल वनाउने
- नयाँ ट्रान्समिसन लाइनहरुको स्थापना गर्ने
- चाँदनी दोधारामा वन्दरगाह स्थापना गर्ने
- नयाँ केही रेलवे लाइनमा सम्झौता गर्ने
- शारदा—यमुना नदी जोड्ने परियोजना
- नौमुरे जलविद्युत परियोजना
‘अहिले कार्यान्वयनमा भएका भन्दा पृथक कुन कुन परियोजनाहरु नेपालमा अगाडी वढाउन सकिन्छ भन्ने विषयमा छलफल भईरहेको छ । अहिले नै कुन कुन परियोजना भन्ने यकिन भएको छैन तर अझै एक हप्ताको समय वाँकी रहेकाले केही प्रगती होला,’ एक सरकारी अधिकारीले भने । यस अगाडी माओवादी अध्यक्ष पुष्पकमल दहाल र शेरवहादुर देउवाको भारत भ्रमणको समयमा नयाँ परियोजनाको वारेमा खासै कुरा भएन, दुवै पक्ष नयाँ परियोजनालाई अगाडी वढाउन सहमत भएका थिए ।
यता ओलीले पनि भारतसंग कुन परियोजनामा सम्झौता गर्दा राम्रो हुन्छ भन्ने विषयमा छलफल अगाडी वढाउने भएका छन् । आइतवार उनले नेपाल—भारत प्रवुद्ध समुहका व्यक्तिहरुसंग छलफलगर्ने भएका छन् भने परराष्ट्र तथा प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुसंग पनि कुराकानी गरिरहेका छन् । भारतले कुनै नयाँ परियोजना प्रस्ताव गरिहालेमा के गर्ने भन्ने विषयमा सरकारले तयारी थालेको हो ।
नेपालले नयाँ परियोजनाको साथै पुराना परियोजनाहरु कार्यान्वयनको विषयलाई पनि प्राथमिकताका साथ उठाउने तयारी गरिरहेको छ । पछिल्लो समयमा चीनले छिमेकी मुलुकहरुमा परियोजनाहरु फटाफट सम्पन्न गरेको तर भारतले ढिलाई गरेको पनि भारत भित्र नै तिव्र विरोध भईरहेको छ ।
कता पुग्यो मोदीलाई पहिला ल्याउने योजना ?
मोदी पहिला ल्याउने परराष्ट्रमन्त्रीको योजना अलपत्र
अघिल्लो साता केही संचारमाध्यमहरुले आगामी २३ चेत्रदेखि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने समाचार प्रकाशित गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको खण्डन गरे । उनले भने भारतले भ्रमणको कुनै पनि मिती नै सार्वजनिक गरेको छैन् । उनले अखवारमा आएको मिती सही नभएको समेत जिकिर गरे ।
उनले विविसी नेपाली सेवासंगको अन्तर्वार्तामा त यतिसम्म भने, ‘प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने होइन वरु मोदीलाई पहिला नेपाल ल्याउन पो हामीले पहल गरिरहेका छौ ।’ उनले अगाडि भनेका थिए,‘मोदीले पछिल्लो समयमा नेपाल भ्रमण गरे यता नेपालबाट तीनवटा प्रधानमन्त्रीको भ्रमण भईसकेको छ अब पहिले मोदी नेपाल भ्रमण हुनुपर्छ भनेका छौ ।’ तर शुक्रबार दुवै पक्षले त्यही संचार माध्यममा आएका मिती अनुसार नै भ्रमणको घोषणा गरे । यति मात्र होइन, केही समय अगाडिसम्म ज्ञावलीले प्रधानमन्त्रीले भारतबाट नै भ्रमणको शुरुवात गर्छन भन्ने यकिन नभएको वताएका थिए ।
तर, प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण २३ गते हुने र, २४ गते बलिउड कलाकारहरुलाई भेट्ने कुरा सार्वजनिक कार्यक्रममा नै वताइसकेका छन् । यसपछि भने परराष्ट्रमन्त्रीको कुनै भनाई सार्वजनिक भएको छैन ।































प्रतिक्रिया