सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आह्वान

सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आह्वान

केन्द्रबिन्दु
15
Shares

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सार्वजनिक अपिल गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि खालको गतिविधि नगर्नका लागि आह्वान गरेका हुन् ।

“एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ”, उनले भने, “यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।”

Skip This
Skip This
Logo