काठमाडौं
मोबाइल आयातमा सरकारले दिएको छुटले वैधानिक कारोबारलाई सहयोग गरेको मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बताएका छन् । मोबाइल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘दर्ता विनाका मोबाइल नचल्ने व्यवस्था लागू गर्न सकिएमा मोबाइलको कालोबजारीले फस्टाउने मौका पाउने छैन, त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।’
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले दर्ता नगरिएका मोबाइल चल्न नसक्ने व्यवस्थाका लागि प्राधिकरणले आवश्यक प्रक्रिया थालिसकेको जानकारी दिए । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उपभोक्ताका समस्या समाधानमा केन्द्रित हुन व्यवसायीलाई आग्रह गरे ।
‘भन्सार छलीका मोबाइलबाट राजस्व गुमेको मात्र नभई अपराध नियन्त्रणमा समेत जटिलता थपिएको छ,’ राज्यमन्त्री बाँस्कोटाले भने, ‘त्यसलाई नियन्त्रण गर्न अनिवार्य रूपमा मोबाइल दर्ता गर्नु पर्ने र दर्ताविनाका मोबाइल चल्न नसक्ने व्यवस्था लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरण क्रियाशील छ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया