बहस, बैठक र कमिटी प्रणालीबाट भागेर समस्याको समाधान हुँदैन–वरिष्ठ नेता नेपाल

बहस, बैठक र कमिटी प्रणालीबाट भागेर समस्याको समाधान हुँदैन–वरिष्ठ नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

पार्टीको निर्णय सबैले स्वीकार गरे विवाद हल हुन्छ–वरिष्ठ नेता नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन् । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखी छलफल, बहस र वादविवाद गर्नुपर्नेमा उनको जोड छ ।

बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने वरिष्ठ नेता नेपालको भनाइ छ । उनले भने–‘पार्टी कमिटी नै एउटा ठाउँ हो । जहाँ सबै खालका कुराहरु आउँछन, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउनुपर्छ । एकतावद्ध भएर अगाडि बढाउन गई हामी सबै अनुशासनमा बाधिनुपर्छ । अनुशासनमा बाधिने हो भने आ–आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने भएका कमी कमजोरीलाई सुधार्ने हो भने त्यसपछी यो आन्दोलन अगाडि बढ्छ । पार्टी अगाडि बढ्छ । जनताको चाहनालाई हामी विगतमा पनि छलफल बहस वादविवाद हुँदै आएका छन् । छलफल बहसबाट भाग्ने पनि होइन, बैठकबाट भाग्ने पनि होइन, कमिटी प्रणालीबाट भाग्ने पनि होइन एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ ।’

पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्नेमा वरिष्ठ नेता नेपालको जोड छ । पार्टीको अनुशासनमा बाधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमि कमजोरीहरुलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने उनको भनाइ ।

Skip This
Skip This
Logo