सुरु भयो नेकपाको सचिवालय बैठक

सुरु भयो नेकपाको सचिवालय बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार ४ बजेपछि बैठक सुरू भएको हो ।

बिहीबार महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुबै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचिवालय बैठक डाकेका थिए । गत कात्तिक २२ गते सचिवालयका पाँच जना (बहुमत) सदस्यले सचिवालय बैठक राख्न माग गर्दै प्रम एवं अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए । उक्त प्रकरणपछि नेकपामा पछिल्लो विवाद सतहमा आएको थियो ।

बहुमत सदस्यहरुले बिहीबार बैठक राख्न माग गरेपनि बस्न सकेको थिएन् । आज प्रधानमन्त्री ओली समेत बैठक बोलाउन राजी भएपछि सचिवालय बैठक सुरु भएको हो ।

Skip This
Skip This
Logo