उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरुकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् ।
मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरुले सरकारलाई सहयोग नगरेको दावी गरे ।
शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरुले अभियाननै चलाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि साथ दिन पनि व्यापारीहरुलाई आग्रह गरे । त्यस अवसरमा उनले व्यापारीहरु सरकारमैत्री नभएको गुनासो पनि गरे ।































प्रतिक्रिया