म्याग्दीको झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयो

म्याग्दीको झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयो

केन्द्रबिन्दु
9
Shares

म्याग्दी। धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको पिसिसी ढलान जनप्रतिनिधिहरूले भत्काएर पुनर्निर्माण गर्न लगाएका छन्। दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत ह्युम पाइप अडाउन पर्खाल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासोपछि अनुगमन गरिएको हो।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरको टोलीले स्थलमै पुगेर ढलान भत्काउन निर्देशन दिएको हो। अनुगमनका क्रममा पिसिसी ढलानमा ग्राभेलका लागि तयार पारिएको माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएको जनाइएको छ ।

निर्माण कम्पनीका प्रतिनिधिले मजदुरको लापरबाहीका कारण कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। जनप्रतिनिधिहरूले पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निगरानी र अनुगमनमा कडाइ गर्न निर्देशन दिएका छन्।

गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भइरहेको यो सडक आयोजना म्याग्दीको रणनीतिक महत्वको मानिन्छ । हालसम्म करिब ७१ प्रतिशत भौतिक प्रगति भएको आयोजनालाई चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo