चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई कारको ठक्कर, मृत्यु

चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई कारको ठक्कर, मृत्यु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । बुटवलमा सवारी चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको धागो कारखाना अगाडि सोमबार अपराह्न करिब सवा ४ बजे बागमती प्रदेश १–००३ च ००७७ नम्बरको कारले ट्राफिक प्रहरी सहायक हबलदार नागेश्वर पाललाई ठक्कर दिएको हो।

घाइते पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा ४ बजेर ३८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार दुर्घटनामा संलग्न कार चालक गुल्मी रेसुङ्गा नगरपालिका–१ का ५६ वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo