अमेरिकी अदालतमा पहिलोपटक मादुरो, सबै आरोप अस्वीकार

अमेरिकी अदालतमा पहिलोपटक मादुरो, सबै आरोप अस्वीकार

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन् । लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’सम्बन्धी आरोपमा न्यूयोर्कस्थित संघीय अदालतमा पेश गरिएका मादुरोले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका विविसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार अदालतमा मादुरोले अझै पनि आफू भेनेजुएलाकै राष्ट्रपति भएको दाबी गर्दै न्यायाधीशसमक्ष “म निर्दोष छु, म दोषी होइन” भनेका थिए। अदालतले उनको मुद्दामा आगामी मार्च १७ मा पुनः सुनुवाइ हुने जनाएको छ।

अमेरिकी सेनाले लागूऔषध तस्करीको आरोपमा भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरी मादुरोलाई अमेरिका ल्याएको हो। सोमबार उनलाई नीलो जेल पोशाकमा पत्नीसमेतसहित अदालतमा उपस्थित गराइएको थियो। यो प्रारम्भिक सुनुवाइ भए पनि मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत मिलेको बीबीसीले उल्लेख गरेको छ ।

हाल मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ। यस कारागारमा यसअघि होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओरल्यान्डो हर्नान्डेज, कुख्यात ड्रग कार्टेलका सदस्यहरू तथा चर्चित अभियुक्तहरू राखिएका थिए।

Logo