मस्को । रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको केही समयमै रुसले पनि बदला लिएको हो ।
रुसी विदेश मन्त्रालयका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटीनले ६० अमेरिकी कुटनीतिज्ञलाई देश निकालको आदेश दिएका हुन् । यसअघि अमेरिकी विदेश मन्त्रालयले पनि ६० जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएका थिए । तर यसलाई अमेरिकाले भने आधारहीन भनेको छ । अमेरिकाले आफ्ना कूटनीतिज्ञहरुलाई रुसले बिना कुनै आधार देशनिकाला गरेको बताएको छ ।
साथै रुसको सहर सेन्ट् पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गराउने आदेश दिएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले ४८ घण्टाभित्र सो कन्सुलेट कार्यालय बन्द गर्न आदेश दिइएको जानकारी दिए । रुसको उक्त आदेशपछि अमेरिकाको तर्फबाट यो प्रतिक्रिया आएको हो ।
पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्काषन गर्ने गरेका छन् । त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने गरेको छ ।
सुरूमा अमेरिकाले दुई बृटिश नागरिकमाथि रसायनिक अस्त्र हमलाको आरोप लगाएर ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बताएको थियो । त्यसैको जवाफस्वरुप रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो ।





























प्रतिक्रिया