पार्टी मुख्यालय पेसिस डाँडामा नेकपाको बैठक सुरु

पार्टी मुख्यालय पेसिस डाँडामा नेकपाको बैठक सुरु

राष्ट्रियसभा निर्वाचन र राजनीतिक रणनीतिमा छलफल केन्द्रित

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक भर्खरै पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको छ ।

बैठकको मुख्य एजेन्डा राष्ट्रियसभा निर्वाचन तयारी र समसामयिक राजनीतिक अवस्थाको मूल्याङ्कन गर्नु रहेको छ। बैठकमा एकतामा सहभागी सम्पूर्ण घटकका प्रमुख नेताहरू सहभागी छन्।

पार्टी स्रोतका अनुसार, बैठकले एकता प्रक्रियालाई गति दिने, रणनीतिक निर्णयहरू टुंग्याउने र निर्वाचन तालमेल मजबुत गर्ने उपायहरूमा केन्द्रित छलफल गर्नेछ।

Skip This
Skip This
Logo