काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले मालपोत कार्यालयमा सेटिङ र बिचौलिया काम गर्ने कर्मचारी पत्ता लागेको घोषणा गरेका छन्। केही दिनअघि मात्रै काठमाडौँ उपत्यकाका तीन मालपोत कार्यालय प्रमुखलाई सरुवा गरेका मन्त्री इङ्नामले कार्यालयमा विचौलियाको काम गर्नेलाई सरुवा गरिदिने चेतावनी दिएका हुन् । उनले भने, “अधिकृतस्तरको कर्मचारी विभागमै बसेर लामो समयदेखि बिचौलियाको काम गर्दै आएको रहेछ । मैले तुरुन्तै सरुवा गरेर डोल्पा पठाउन भनेको छु।”
कार्यालयमा फाइल चोरी, अनधिकृत पहुँच र कर्मचारी–बिचौलिया मिलावटको समस्या देखाएको अनुगमनमा भेटिएको बताए । मालपोतमा सेटिङ र बिचौलिया काम रोक्ने कडा कदम सुरु भएको मन्त्रालय स्रोतले बताएको छ ।




















