विशेष महाधिवेशनको तयारी तीव्र, प्रतिनिधिहरुलाई काठमाडौं आउन आह्वान

विशेष महाधिवेशनको तयारी तीव्र, प्रतिनिधिहरुलाई काठमाडौं आउन आह्वान

निधिमाथिको दुर्व्यवहार कार्यकर्ताको भावना

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले तयारी तीव्र भइरहेको र प्रतिनिधिहरुलाई काठमाडौं आउनका लागि आह्वान गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले अनामनगरस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएका हुन् । महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको नेता सुवास पोखरेलले जानकारी दिए । उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौँ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे । महाधिवेशन भृकुटीमण्डपमा पुस २७ र २८ गते गर्नेगरी तयारी गरिएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महाधिवेशनमा देशभरबाट उत्साहजनक उपस्थिति हुने दाबी गरे । ‘हाल स्वसेवक परिचालन समितिदेखि मिडिया व्यवस्थापनको समितिको पनि व्यवस्था हुँदैछ । विशेष महाधिवेशन भनेको विधानको रक्षा गर्नको लागि हो । संविधानमा समस्या आयो भने जसरी राजनीतिक दलहरुले आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ त्यसैगरि काङ्ग्रेसको विधानमा रहेको व्यवस्थामा टेकेर यो महाधिवेशनको माग हो र विधानको रक्षापनि हो,’
शिवाकोटीले भने ।

यता, मंगलबार नै पार्टी कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्माको भावना भएको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ । तर उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने पनि बताएका छन् ।

कार्यकर्ताहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधीलाई बाटो छेकेर दुर्व्यवहार गरेका थिए । तर नेता पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको र आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे ।

Logo