यसरी लिनुहोस् एनटिसीमा सापटी (भिडियोसहित)

यसरी लिनुहोस् एनटिसीमा सापटी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमको ‘नमस्ते क्रेडिट सेवा’ आज शुक्रबारबाट सुचारु भएको छ । शुक्रबार सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरेका हुन्।

यस सेवा सुचारु भएसंगै मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्याको अन्त्य भएको छ । यो सुबिधा लिनु अघि ग्राहकले आफ्नो मोबाइल नम्बर रजिस्टर गरानु पर्छ । आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा एसएमएस पठाएर नम्बर रजिस्टर गर्न सकिन्छ । त्यस्तै सेवा लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् । सिम लिएको तीन महिनापछि मात्र यो सुबिधा प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ । 

यो सुविधाअन्तर्गत टेलिकमले पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ दिने छ। कुरा गर्दै गर्दै ब्यालेन्स सकिएको खण्डमा पनि क्रेडिट टक टाइम कायम रहेसम्म फोन काटिदैन । ग्राहकले पाउने रकमको सिमा भने ग्राहकपिच्छे फरक-फरक रकमको सीमा तोकिनेछ ।  रिचार्ज इतिहास हेरेर उक्त रकम टेलिकमले तोक्ने छ  ।

ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने  छ ।

Skip This
Skip This
Logo