ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ। आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ। "/>

शुक्रबारको परीक्षा बिहिबार नै लिएपछि…

शुक्रबारको परीक्षा बिहिबार नै लिएपछि…

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ। आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ। 

सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै सञ्चालन गरेकाले स्थगित गर्नुपरेको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए । बिहीबार स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षा विषयको परीक्षा हुने कार्यतालिका थियो। निरौलाका अनुसार पेशा व्यवसाय तथा प्रविधि विषयको अर्को प्रश्न–पत्र तयार गरी चैत २० गते बिहान ११ बजे परीक्षा सञ्चालन गर्ने तयारी भएको छ।

लिटल बुद्ध बोर्डिङ स्कूलमा स्वास्थ्य तथा शारीरिक शिक्षा र  नैतिक शिक्षा विषयको समेत नयाँ प्रश्न पत्र बनाई चैत १८ गते परीक्षा लिइने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। बाँकी विषयको परीक्षा भने कार्यतालिकाअनुसार नियमित हुने जनाइएको छ। 

जिल्लाका सबै विद्यालयमा एकै प्रकारको प्रश्नपत्र तयार गरी चैत ८ गतेदेखि सञ्चालन भइरहेको परीक्षा चैत १७ गते सम्पन्न हुने कार्यतालिका थियो। यता लिटल बुद्ध बोर्डिङ स्कूलले भने भुलबस आज हुने विषयको परीक्षा बिहीबार हुन गएको जनाएको छ । रासस

Skip This
Skip This
Logo