गुणस्तरीय पत्रकारिताको बाधक बन्दै सुरक्षा र तलब

गुणस्तरीय पत्रकारिताको बाधक बन्दै सुरक्षा र तलब

केन्द्रबिन्दु
0
Shares

आज नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवस । यस अबसरमा देशका बिभिन्न जिल्ला र विदेशमा समेत विभिन्न कार्यक्रम हुँदैछन् । 

दिवसको अवसरमा महासंघले शुक्रबार पूर्व अध्यक्षहरुलाई सम्मान तथा चियापान कार्यक्रम समेत आयोजना गरेको छ । यस्तै जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । 

पत्रकारिता गरिरहेकाले सदस्यता नपाएको तर पत्रकारिता बाहेकको क्षेत्रका व्यक्तिले भने सदस्यता पाएको भन्दै महासंघमा सदस्यता सुद्धिकरणका लागि पटकपटक आवाज उठ्ने गरेको छ । पेशागत सुरक्षा र समयमा उचित पारिश्रमिक नपाउदा पत्रकारितामा गुणस्तर कायम हुन् नसकेको सम्वद्ध व्यक्तिहरु बताउछन  । 

पत्रकार महासंघमा अहिले १३ हजार पत्रकारले सदस्यता लिएका छन् भने झण्डै ७ हजार विना सदस्यता काम गरिरहेका छन् । त्यस्तै अहिले पत्रकारितामा २२ सय महिला पत्रकार सक्रिय रहेको जनाएको छ । 

 संघीय संरचना अनुसार आउँदो बैशाख २२ गते सातवटै प्रदेशमा पत्रकार महासंघको प्रदेश कमिटिको चुनाव हुँदैछ ।

Skip This
Skip This
Logo