यूएस बंगला विमान दुर्घटना: बाँच्न सफल एक्ली विद्यार्थीको पनि मृत्यु

यूएस बंगला विमान दुर्घटना: बाँच्न सफल एक्ली विद्यार्थीको पनि मृत्यु

केन्द्रबिन्दु
0
Shares

यूएस बंगला विमान दुर्घटनामा गम्भीर घाइते एक बिद्यार्थीको पनि मृत्यु भएको छ । घाइते बनेकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अन्तिम संस्कारका लागि उनको शव नेपाल ल्याउने तयारी भइरहेको अाफन्तले जनाएको छ । बंगलादेशको राजिव रवेडा मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर फर्किने १३ विद्यार्थीमध्ये धामी मात्र बाच्न सफल भएकी थिइन् । गत माघ २८ गते ७१ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

Skip This
Skip This
Logo