काठमाडौं। चिनियाँ अटोमोबाइल निर्माता बीवाईडीले सन् २०२५ मा ४५ लाखभन्दा बढी कार बिक्री गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले वर्षभरिमा ४५ लाख ५० हजार ३६ युनिट कार बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले बढी हो। बीवाईडीले सन् २०२४ मा ४२ लाख ५० हजार ३७० युनिट कार बिक्री गरेको थियो। २०२५ को कुल बिक्रीमध्ये ४९.६ प्रतिशत ब्याट्री इलेक्ट्रिक भेइकल (BEV) रहेका छन् भने ५०.४ प्रतिशत प्लग–इन हाइब्रिड (PHEV) को हिस्सा रहेको कम्पनीको तथ्यांक छ।
निर्याततर्फ पनि बीवाईडीले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले पहिलोपटक १० लाखभन्दा बढी कार चीनबाहिर निर्यात गरेको छ। सन् २०२५ मा बीवाईडीले १० लाख ४६ हजार ८३ युनिट कार अन्तर्राष्ट्रिय बजारमा पठाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५०.७ प्रतिशतले वृद्धि हो।
यद्यपि वार्षिक रूपमा बिक्री बढे पनि पछिल्ला केही महिनामा भने कम्पनीले न्यू इनर्जी भेइकलको बिक्रीमा दबाव महसुस गर्नुपरेको जनाएको छ। डिसेम्बर २०२५ मा बीवाईडीले ४ लाख १४ हजार ७८४ युनिट कार बिक्री गरेको छ, जुन नोभेम्बरको तुलनामा १२.७ प्रतिशतले कम हो। यो बिक्री गत वर्षको सोही महिनाको तुलनामा पनि १८.६ प्रतिशतले घटेको हो।































प्रतिक्रिया