टाटा पन्च फेसलिफ्ट सार्वजनिक, जनवरी १३ मा नयाँ मूल्यसूची आउने

टाटा पन्च फेसलिफ्ट सार्वजनिक, जनवरी १३ मा नयाँ मूल्यसूची आउने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो–एसयूभी पन्चको २०२६ फेसलिफ्ट संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ। सन् २०२१ मा बजारमा आएको पन्चपछि यो मोडलको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यापक अपडेट भएको कम्पनीले जनाएको छ। नयाँ पन्चको मूल्य आगामी जनवरी १३ मा घोषणा गरिनेछ ।

नयाँ पन्चको बाहिरी डिजाइन टाटा पन्च ईभीबाट प्रेरित छ। अगाडिको भागमा ठाडो आकारका ट्रापेजोइडल हेडलाइट पोड, परिमार्जित डे–टाइम रनिङ लाइट (DRL) र नयाँ डिजाइनका अलॉय ह्विल दिइएका छन्। पछाडिको भागमा कनेक्टेड एलईडी टेललाइट, नयाँ ग्राफिक्स र रिडिजाइन गरिएको बम्पर थपिएको छ, जसले गाडीलाई अझ प्रिमियम देखाएको छ ।

क्याबिनतर्फ पनि टाटाले ठूलो परिवर्तन गरेको छ। नयाँ पन्चको भित्री सजावट नेक्सन र अल्ट्रोज जस्ता टाटाका ठूला मोडलसँग मिल्दोजुल्दो बनाइएको छ। यसमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सम्भवतः १०.२५ इन्चको अपडेटेड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुनेछ। टु–स्पोक स्टेयरिङ ह्विल, टच–बेस्ड क्लाइमेट कन्ट्रोल, नयाँ ट्रिम र अपहोल्स्ट्रीले क्याबिनलाई आधुनिक र प्रविधिमैत्री बनाएको छ। फिचर सूचीमा ३६० डिग्री क्यामेरा जस्ता एड्भान्स फिचर पनि समावेश हुने अनुमान गरिएको छ ।

इन्जिन विकल्पतर्फ नयाँ पन्चमा टाटाको नेक्सनमा प्रयोग हुँदै आएको १.२ लिटर, ३–सिलिन्डर टर्बो पेट्रोल इन्जिन उपलब्ध गराइनेछ। यसको पावर आउटपुट र ट्रान्समिसन विवरण भने कम्पनीले खुलाएको छैन। यसका अतिरिक्त, हाल प्रयोग हुँदै आएको ८८ हर्सपावरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन ५–स्पिड म्यानुअल र एएमटी गियरबक्ससहित निरन्तर रहनेछ। त्यस्तै, ७३ हर्सपावरको पेट्रोल–सीएनजी भेरिएन्ट पनि ५–स्पिड म्यानुअल गियरबक्ससँग उपलब्ध हुने अपेक्षा छ ।

नयाँ फेसलिफ्ट पन्च बजारमा आएपछि हुन्डाई एक्स्टर र सिट्रोन सी३ जस्ता माइक्रो–एसयूभीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिनेछ। नयाँ फिचर, परिमार्जित डिजाइन र नयाँ इन्जिन विकल्पका कारण यसको मूल्य हालको मोडलभन्दा केही महँगो हुन सक्ने अनुमान छ ।

Skip This
Skip This
Logo