सिम्पल इनर्जीको जेन–२ इलेक्ट्रिक स्कुटर लन्च, एक चार्जमा ४०० किलोमिटर रेन्ज

सिम्पल इनर्जीको जेन–२ इलेक्ट्रिक स्कुटर लन्च, एक चार्जमा ४०० किलोमिटर रेन्ज

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। सिम्पल इनर्जीले आफ्नो नयाँ जेन–२ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, तीन भेरियन्टमा उपलब्ध यस स्कुटरले एकपटक चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

सर्वोच्च रेन्ज ६.५ किलोवाट आवरको ब्याट्री प्याक भेरियन्टमार्फत प्राप्त हुने बताइएको छ। नयाँ जेन–२ को मूल्य १ लाख ४९ हजार भारु निर्धारण गरिएको छ।

नयाँ स्कुटरको प्रदर्शन क्षमता पनि प्रभावशाली छ। यसले ०–४० किलोमिटर प्रति घण्टाको गति केवल २.७७ सेकेन्डमा लिन सक्छ। उच्च गति ११५ किलोमिटर प्रति घण्टा कायम गर्न सकिने बताइएको छ ।

भेरियन्ट अनुसार ब्याट्री र मोटर क्षमता,४.५ किलोवाट आवर ब्याट्री २३६ किलोमिटर रेन्ज, मोटर क्षमता ६.४ किलोवाट रहेको छ । यस्तै ५ किलोवाट आवर ब्याट्री २६५ किलोमिटर रेन्ज, मोटर क्षमता ८.८ किलोवाट र ६.५ किलोवाट आवर ब्याट्रीः ४०० किलोमिटर रेन्ज भएको कम्पनीले जनाएको छ ।

जेन–२ मा ७ इन्चको टचस्क्रिन ड्यासबोर्ड दिइएको छ। यसले फाइभ जी ई–सिम, ब्लुटुथ, नेभिगेसन र ओभर–द–एयर अपडेट मार्फत कनेक्टिभिटी सपोर्ट गर्दछ।

Logo